यो डोकेनी नृत्य हो ।
यस नृत्यलाई याक्खा जातिको सांस्कृतिक विरासत मान्न सकिने बताइन्छ । विशेष गरेर तिहारको लक्ष्मी पूजाका दिन याक्खा जातिका महिलाहरू डोकोभित्र पसेर बस्ने र घरआँगनमा गएर नाच्ने प्रचलन रहेकोले यस्को नाम डोकेनी रहेको हो ।
डोकेनी नाचको कथा
यो नाचको रोचक कथा रहेको रहेको बताइन्छ । परापूर्वकालमा याक्खा जातिको बस्तीमा प्राकृतिक प्रकोप आएकाले त्यहाँ बसोबास गर्ने याक्खाहरूको धनजनको ठूलो क्षति भएको थियो । प्राकृतिक प्रकोपका कारण उनीहरू घरबारविहीन भएका थिए ।
उनीहरूको उद्धार गर्न आफूले सदियौंदेखि मान्दै आएकी देवीलाई पूजाअर्चना गरेको र पूजापाठ गरेको सुनेर साक्षात देवी नै प्रकट भएको कथासँग यो नाच जोडिएको बताइन्छ। नेपालमा बसोबास गर्ने आदिवासीमध्ये याक्खा पनि प्रकृतिपूजक हुन् । आफू प्रकृतिपूजक भएर पनि वनजंगल मासेर प्रकृतिको नाश गरेको साथै पुरुषहरूले जाँडरक्सी सेवन गरेर विकृति ल्याएका कारण प्रकृति रिसाएको भन्ने कथा पनि यहाँ जोडिएको बताइन्छ ।
प्रकट भएकी देवी लक्ष्मी र प्रकृति देवीले लामो सल्लाह गरेर बिचल्लीमा परेका याक्खाहरूलाई आपतमा पर्दा एकअर्कालाई सहयोग गर्ने बानी बसाल्न सहयोग संकलन अभियान शुरु गर्नुपर्ने थिति बसलिदिएको कथन रहेको उनले बताइन् । मिथक अनुसार सहयोग संकलन गर्दा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने र त्यसरी सहयोग संकलन गर्दा कसैलाई मार्का पनि नपर्ने देवीहरूले सम्झाएकोमा याक्खा समुदायका मानिसहरू देवीहरूको भनाइ स्वीकारेका थिए ।
सहयोग गर्दा कसैले नचिन्ने गरी डोकोभित्र पसेर नाच्ने र ‘साङ्दाङमा’ लाई कसैबाट दुर्व्यवहार नहोस् भन्ने हिसाबले उनको रक्षाका लागि ‘राजीराङमा’ (याक्खा भाषामा देवीको नाम) ले पुरुषको भेष बदली मुकुण्डो लगाएर ढँटुवारे बन्ने निधो भएको र त्यही परम्पराअनुसार डोकेनी नाचको शुरुवात भएको उनले बताइन् । एकअर्कालाई सेवाभावले परापूर्वकालदेखि शुरु भएको डोकेनी नाचको संरक्षणको जिम्मेवारी नयाँ पुस्तामा रहेको उनको भनाइ छ ।
No comments:
Post a Comment