जसको उपचार अत्यन्त कठिन (पढ्नुस्)
आजभोलिका महिलाहरुमा एउटा रोग अत्यन्त गम्भीर खतरा बनेर देखा परेको छ। उक्त रोगको औषधि यही हो भन्ने फेला पार्न सकिएको छैन तर निदान तुरुन्त नगर्ने हो भने मानवमा नारी प्रजाति नै लोप भएर जाने खतरा पनि संगै बढेको छ।
पहिले के हो नारी? त्यो जन्नुस् त्यसपछि रोगबारे चर्चा हुन्छ।
"शिव" को इ-कार नारी हुन्। यस आशयमा "शिव" बाट नारी तत्व (इ-कार) झिकिदिने हो भने शिव नै शव समान हुन्छन्। त्यसैले आदिशक्ति, जगतमाता जगदम्बा नै "शिव" मा विराजमान भई "शिव" लाई "शक्ति" दिनुहुन्छ।
संसार चार कुरामा पछि लाग्छ,
१) सम्पत्ति
२) रूप
३) शक्ति
४) विद्या
यहाँ हेर्नुस्: सम्पत्ति (लक्ष्मी - नारी), रूप (अप्सरा, देवी - नारी), शक्ति (महामाया, जगदम्बा - नारी) अनि विद्या (सरस्वती - नारी)।
यसरी संसार सबै नारी शक्तिको वशमा छ। ति हुन् नारी।
नारी पाँच रूपमा प्रतिष्ठित छन्:
१) जननी (माता)
२) भार्या (पत्नी)
३) कन्या (छोरी)
४) सरस्वती (विद्या)
५) लक्ष्मी (समृद्धि)
अध्यात्ममा नारी "कुण्डलिनी शक्ति" हुन्। मूलाधार चक्रमा सुतिरहेकी सृजनात्मक शक्ति, जो जागृत हुनासाथ व्यक्ति मोक्षसम्म पुग्छ। त्यो शक्ति हो नारी।
योगदर्शन अनुसार नारी तत्व बिना योग नै अपूर्ण छ। दुर्गा सप्तशतीमा नारीका नौ रूप देवीका रूपमा पूजिन्छन्: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री।
ऋग्वेदमा भनिएको छ:
"स्त्रीणां देवत्वमश्नुते" - स्त्री स्वयं देवी हुन्।
नारीलाई "प्रकृति" भनिएको छ, जसबाट "पुरुष" अर्थात् "पुरुषोत्तम" पनि उत्पन्न हुन्छन्। पुरुषलाई जन्म दिने नारी हुन् तर नारीलाई जन्म दिने पनि पुरुष हैनन्, नारी नै हुन्।
सृष्टिको मूलदात्रीको रूपमा आद्यशक्ति नारी (आदि शक्ति) जसबाट त्रिदेव पनि उत्पन्न भए। सम्पूर्ण देव-देवी, देवता, राक्षस, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा जो जो जन्मिए पनि ती सबै नारीबाटै जन्मिएका हुन्। यस आधारमा नारी सृष्टिको मूल हुन्।
अरू धेरै पर किन? पृथ्वी स्वयम् नारी हुन्, गौमाता नारी हुन्, प्रकृति स्वयम् नारी हुन् जस्ले सृष्टि गर्छिन्। प्रकृति बिना त एकपल पनि रहन सकिन्न।
समग्रमा अब बुझ्नुभयो होला यो संसार भनेकै नारी शक्ति हो। नारी शक्ति (देवी) बिना पुरुषको वा अन्य केहिको कल्पना नै गर्न सकिन्न। त्यसैले यो संसारको मूल नै नारी हुन्। उनी जगदम्बा देवी हुन्।
नारी शक्ति यति उच्च हुँदा पनि आजभोलि मानव जन्म लिएको नारी शक्तिको चाहना रहेको छ कि ऊ पुरुष सरह बनोस्।
उसले बिर्सिसकेको छ कि उसैले पुरुषलाई जन्म दिने हो र ऊ बिना पुरुषको कल्पना नै हुन सक्दैन। उसले बिर्सिसकेको छ, हरेक पुरुष शरीर भित्र उही नारीको वास छ कुण्डलिनी शक्तिको रूपमा।
उसले बिर्सिसकेको छ कि नारी जन्मिएका माता सीता, अनुसुया, द्रौपदी लगायत सबैले आफ्नो सीमामा बसेको नै भएर आज पनि यी नारीहरू हजारौं वर्षपछि पनि पूज्य छन्।
नारी सीमा र दायरामा बस्न नसके के होला? एकपटक सोच्नुस् केही उदाहरण:
- तपाईँ भित्रको कुण्डलिनी (नारी) शक्ति सीमामा नबसे क्षणभरमै व्यक्तिको भयङ्कर मृत्यु हुन्छ।
- प्रकृतिको लय बिग्रिए सारा सृष्टि नै सखाप हुन्छ।
- लक्ष्मीले आफ्नो धर्म बिर्सिए संसारभर भोकमरी लाग्छ।
- सरस्वतीले आफ्नो धर्म बिर्सिए संसार अज्ञानले भसक्कै सखाप हुन्छ, मारामार हुन्छ।
अब भन्नुस्!
सरस्वती, लक्ष्मी, प्रकृति र कुण्डलिनीले आफ्नो धर्म निभाएर सीमामा बस्दा तपाईँ मानवरूपी नारी जीवन सन्तुलनमा छ कि छैन?
यदि तपाईँको आफ्नै जीवनमा यी माथिका शक्ति सन्तुलन, सिमा र मर्यादामा नबसुन त , के त्यतिखेर तपाईँको अस्तित्व रहन्छ? तपाईको लागि यी सबै नारि शक्ति सन्तुलनमा बसेका छन् कि छैनन तपाइँको शरीरमा ?
अब सबैभन्दा जटिल र गहिरो प्रश्न अनि तपाईँलाई लागेको रोगको खुलाशा:
नारी पाँच रूपमा प्रतिष्ठित छन्:
- जननी (माता),
- भार्या (पत्नी),
- कन्या (छोरी),
- सरस्वती (विद्या),
- लक्ष्मी (समृद्धि)।

बाकी सबै नारी महाशक्ति भएर पनि सीमा र मर्यादामा बस्नुपर्ने अनि तपाईँ? छोरी, पत्नी र माता नै सिमा र मर्यादामा बस्नुस् भन्यो भने बन्धन, अधिकार हनन, फेमिनिज्मको सिद्धान्त विपरित हुने?
वास्तविक फेमिनिज्म भनेकै प्रकृति, कुण्डलिनी, सरस्वती, लक्ष्मी, शक्ति स्वरूपा महाजगदम्बा हुन्। यी सबै सीमा र मर्यादामा नै छन् र आफ्नो धर्म भुल्दैनन्।
तर तपाईँ फेमिनिज्म खोजिरहनुभएको छ कहाँ? स्वतन्त्र हुँदै कपडा खोल्न? ह्विस्की, बियर र रक्सी पिउन? असभ्य र छाडा बन्न? संस्कार नमान्न र त्याग्न?
तपाईलाई भार्या , जननी , कन्या भनेको मनपर्दैन। चेली भन्न हुँदैन अपमान हुन्छ तर कसैले आएर हट , पट , आईटम भनिदियो भने गर्व लाग्छ हैन ?
टिकटक , फेसबुकमा आएर " ओहो क्या ... " भन्दै कमेन्ट गरिदिए ३ हात उफ्रनुहुन्छ हैन ?
त्यहि अश्लिलता फैलाएर , अलिकति अराजकता मच्चाएर, थोरै जिउ र हाउभाउ देखाएर लाईक र कमेन्ट , लाइभ अनि इनबक्समा म्यासेज आए मख्ख परिराख्नुभएको छ हैन ??
अनि यसको नतिजा नि?
- डिभोर्स
- पारिवारिक कलह
- परिवार र समाजमा विखण्डन
- अश्लीलता
- अराजकता
- डिप्रेसन , तनाव
- आफ्नै जीवनमा असुरक्षा र आत्महत्या गर्नुपर्ने परिस्थितिको श्रीजना
फेरी तपाईँ भन्नुहुन्छ ! दोष जति सबै नारीलाई? अनि पुरुष चाहिँ नियममा बस्नु नपर्ने?
१) सर्वप्रथम पशुमा परीक्षण:
- सँगै भाले र पोथी राखिन्छन्।
- भाले मर्यादामा बस्दैन तर पोथी मर्यादामा बसेको हुन्छ र भालेले अन्त्यमा हार खान्छ।
२) त्यसपछि देवता र उच्च तहमा परीक्षण:
- शिव स्वयं मृग रूप लिएर हिँडे, किराँत रूप लिएर हिँडे।
- तर पार्वतीले यस्तो चाल चलाइन् कि शिवलाई मर्यादा नाघ्न दिनुभएन।
अनि मान्छे?
जब प्रकृतिले नै नारी र पुरुषको स्वभाव फरक बनाएको छ, सम्पूर्ण सृष्टि आरम्भ, संचालन र जागरण सम्मको जिम्मा नारीलाई दिएको छ अनि त्यही नारीले हैन पुरुषलाई तह लगाउने?
- नारीले चाहे के असम्भव छ? प्रश्न यहीँ छ
- एक आमाले आफ्नो छोरो तह लगाए, छोरो कसरी बिग्रन्छ?
- एक पत्नीले पतिलाई तह लगाए, पति कसरी बिग्रन्छ?
- एक बहिनीले दाइलाई सम्झाए, दिदीले भाइलाई तह लगाए, दाजुभाइ कसरी बिग्रन्छ?
- जब दाजुभाइ, छोरा र पतिहरू बिग्रदैनन् त्यो समाजका कुनै पनि नारी बिग्रदैनन्।
- किनभने नारी बिगार्ने पुरुष हो
अनि यसको सुरुवात मूलविन्दु चाहिँ नारी!
समस्त सृष्टिको जस लिनुपर्ने नारीले, समस्त राम्रो कुराको जस जत्ति सबै लिनुपर्ने नारीले आफ्नै कारण बिग्रेको अपजस पनि लिदै त्यसलाई सुधार गर्ने जिम्मेवारी लिनु नै पर्छ र नारीले चाहे त्यो सम्भव पनि छ।
तर त्यसको लागि एकै काम गर्नुपर्छ। पश्चिमी सभ्यता, फेमिनिज्म, अश्लीलता, महिला अधिकार यी सबैलाई त्यागेर मूल स्वरूप जगदम्बामा फर्किनुपर्छ अनि बल्ल वास्तविक नारीत्व सुरु हुन्छ।
अन्यथा अब मानव जातिको नारी प्रजाति नै संकटमा छ। नारीहरू अब नारी रहेनन्, रहने छैनन्।
उनीहरू न पुरुष न नारी बनेका छन्, आफ्नो मूल अस्तित्व हराएको, परिचय र शक्ति गुमाएको एक पुत्ला सरह बनेका छन् किनभने उनीहरूले नारीत्वलाई बुझ्न सकेका छैनन्।
प्रकृतिले एकैछिन वर्षामा पानी नपारिदिए , जाडोमा चिसो नबनाईदिए तिमि आफैं प्रश्न गर्छौ , यो के गरेको ? यो के भएको ?
यसरि नारि मर्यादामा नबसे आफैं प्रश्न गर्ने मानवरुपी नारि आफैं भने मर्यादामा नबस्ने र नबस्दा कसैले प्रश्न तेर्स्याए त्यसलाई हेपेको भनेर सोच्नु भएन।
त्यसैले नारि अब मूल स्वरुपमा फर्कन ढिलो गर्न हुँदैन। आफ्नो मूल स्वरूप बुझ्नलाई नेपालीपनमा फर्कौं, पुर्खाको ज्ञान सम्झौं, आमा र हजुरआमाको मान्यतालाई नकुल्चौं।
यो संसार सिर्जना गर्ने र सम्हाल्ने तिम्रो जिम्मा हो। स्मरण गर। बोध गर। आफूलाई चिन। नारित्वलाई चिन। नारीत्वबाट नै आफ्नो उन्नति गर , यसै माथि छौ , पुरुष बन्न नखोज बरु वास्तविक नारि बन र पुरुषहरुलाई मर्यादा र सीमामा राख।
स्रोत: Soham Shivoham