शिक्षा
सेवा तथा लोक सेवा सम्बन्धी IQ सूत्रहरुः
१.
नमस्ते गर्दाः
सूत्रः Sn=
n(n-1)
उदाहरण १. एउटा कार्यालयमा भएका १०
जना कर्मचारीले प्रत्येकले प्रत्येकलाई नमस्कार गर्दा जम्मा कति पटक नमस्कार
गर्छन् ?
समाधानः
मानिसको संख्याः n=10
Sn= 10(10-1)
= 10*9
= 90 पटक
उदाहरण
२. एउटा कोठामा भएका मानिसहरु सबैले सबैलाई नमस्कार गर्दा जम्मा ३८० पटक नमस्कार
गरेछन् भने त्यस कोठामा कति जना मानिस थिए ?
Option:
10
15
20
25
समाधानः
यस्तो अवस्थामा Option बाट
विचार गर्दा छिटो र सजिलो पनि हुन्छ ।
Option 1 लाई परीक्षण गरी
हेर्दाः
N= 10
Sn = n(n-1)
= 10(10-1)
= 10*9
= 90
Option 2 लाई परीक्षण गरी
हेर्दाः
N= 15
Sn= n(n-1)
=15(15-1)
=15*14
=210
Option 3 लाई परीक्ष गरी
हेर्दाः
N= 20
Sn= n(n-1)
=20(20-1)
=20*19
=380 जना
त्यस कारणः Option 3 बाट
थाहा भयो कि त्यहाँ २० जना मानिसहरु रहेछन् ।
२.
हात मिलाउँदाः
सूत्रः Sn=
n(n-1)/2
उदाहरण १: एउटा
कोठामा भएका ३२ जनाले सबैले सबैसंग हात मिलाउँदा जम्मा कति पटक हात मिलाउँछन् ?
समाधानः
मानिसको संख्या n= 32
Sn= n(n-1)/2
=32(32-1)/2
=16*31
= 496 पटक हात
मिलाउँछन् ।
उदाहरण २: एउटा
कोठामा भएका मानिसहरु सबैले सबैसँग जम्मा ८२० पटक हात मिलाउँछन् भने, त्यस
कोठामा कति जना मानिस थिए ?
Option 1
39, 41, 44, 45
समाधानः यस्तो अवस्थामा Option बाट
विचार गर्दा सजिलो र छिटो पनि हुन्छ ।
Option 1:
N= 9
Sn= n(n-1)/2
= 39(30-1)/2
= 39*19
= 741
Option
2
N= 41
Sn= n(n-1)/2
=
41(41-1)/2
= 418*20
=820
Option
2 बाट
थाहा भयो कि उक्त कोठामा जम्मा ४१ जना मानिस थिए ।
३.
कमिलो माथि चड्दा र झर्दाः
सूत्रः Days
=(High-Down)/ (Up-Down)
उदाहरण
१:
एउटा
२० मि. अग्लो पर्खालमा एउटा कमिलो दिनमा ५ मि. माथि चड्छ र रातमा २ मि. तल झर्छ
भने यहीँ क्रमले कमिला कति दिनमा सो पर्खालको टुप्पोमा पुग्छ ?
समाधानः
Hight =20
Up =5 M.
Down =2
Days =(Hight-Down)/ (Up-Down)
= (20-2)/ (5-2)
= 18/3
= 6 दिन ।
उदाहरण
२:
एउटा
कीरा पोलमा दिनमा ९ मिटर चड्ने र रातमा ५ मिटर झर्ने गर्दा ८ दिनमा त्यो पोलको
टुप्पोमा पुग्छ भने त्यो पोलको उचाई कति होला ?
समाधानः
Days = 8
Up = 9
Down = 5
Hight = ?
Days = (High-Down) / (Up-Down)
8 = (Hight-5) / (9-5)
8 = (Hight-5) / 4
= (Hight-5) = 8*4
= Hight-5 = 32
= Hight = 32+5
Hight = 37 मिटर अग्लो रहेछ
।
जसलाई परीक्षण गरेर हेर्न पनि
सकिन्छः
Days = (Hight-Down) / (Up-Down)
Days = (37-5) / (9-5)
Day = 32 / 4
Day = 8 P उत्तर
सही आयो ।
४.
दुई खट्टे र चार खुट्टेः
सूत्रः चार खुट्टे =
(जम्मा खुट्टा / खुट्टाको फरक) – जम्मा टाउको
उदाहरण
१:
एउटा
खोरमा केही खसी र कुखुरा छन् , जहाँ जम्मा खुट्टा ५० ओटा छन् र टाउको १५ ओटा छन्
भने, कति कति वटा खसी र कुखुरा छन् ?
समाधानः
जम्मा खुट्टा = 50
जम्मा टाउको = 15
खुट्टाको फरक = 2
चार खुट्टे (खसी) = (50 / 2) – 15
= 10
दुई खुट्टे (कुखुरा) = जम्मा
टाउको संख्या –
खसीको
संख्या
=15 – 10
= 5
त्यस कारण उक्त खोरमा खसी १० वटा र
कुखुरा ५ वटा रहेछन् ।
५.
श्रेणी / क्रमः
सूत्रः जम्मा =
अगाडीबाट + पछाडीबाट
– १
अगाडीको क्रम =
जम्मा + १
– पछाडीबाटको क्रम
पछाडीबाटको क्रम =
जम्मा + १
– अगाडीबाटको क्रम
उदाहरण १: कुनै
सडकको छेउमा लहरै रूखहरू छन्, जहाँ एउटा रूख अगडीबाट १४ औँ र पछाडीबाट १२औँ
स्थानमा छ भने त्यहाँ कतिवटा रूखहरू छन् ?
समाधानः
जम्मा
रूख संख्या =
अगाडीबाटको
क्रम +
पछडीबाटको
क्रम – १
= 14 + 12 – 1
= 26 -1
= 25 वटा रूखहरू छन्
।
उदाहरण २: कुने
लाईनमा श्याम अगाडीबाट ६औँ स्थानमा र पछाडीबाट ११औँ स्थानमा रहेको छ । यदी श्याम र
रामको बिचमा १५ जना मानिसहरू बसेका छन् भने उक्त लाईनमा जम्मा कति जना मानिसहरु
रहेका छन् ?
समाधानः
जम्मा संख्या = अगाडीबाटको
क्रम +
पछाडीबाटको
क्रम +
बिचमा
रहेको मानिसको संख्या
= 6 + 11 + 15
= 32 जना ।
-
त्यस कारण उक्त लाईनमा ३२ जना
मानिसहरू रहेछन् ।
अथवा,
जम्मा संख्या = श्याम भन्दा अगाडीको संख्या + राम
भन्दा पछडीको संख्या + दुबै बिचमको संख्या (राम र श्याम)
= 5 + 10 + 15 +
2
=
32 जना
।
६.
एक आपसमा हात मिलाउँदा, एक-एक पटक
खेल खेल्दा, अँगालो मार्दाः
सूत्रः n(n-1)/2
प्रश्नः २० जना रहेको एक समूहमा
प्रत्येकले एक आपसमा हात मिलाउँदा जम्मा कति पटक हात मिलाउँछन् ?
समाधानः
जम्मा मानिस = २०
जना
सूत्र = n(n-1)/2
= 20(20-1)/2
= 20*19/2
=190 पटक ।
७.
नमस्कार गर्दा, हेल्लो हाई गर्दा,
दुई इटक खेल खेल्दाः
सूत्रः n(n-1)
प्रश्नः नेपाल र भारत बिचको फुटबल
प्रतियोगितामा ४० जनाले भेटको क्रममा एक अर्कालाई नमस्कार गर्दा जम्मा कति पटक
नमस्कार गरे होला ?
समाधानः
सूत्रः n(n-1)
=40(40-1)
= 40*39
= 1560 पटक ।
केही सूत्रहरूः
१.
सन् २०२१ जनवरी १ देखि २०२२ डिसेम्बर
३१ सम्मका लागि चयन भएका UNO सुरक्षा परिषदका ५ सदस्य रास्ट्रहरूः
............................................................................................................................................................
सुत्रः I’M
KING (Neglect G)
I = इन्डिया
M = मेक्सिको
K = केन्या
I = आयरल्याण्ड
N = नर्वे
......................................................................................................................................................
२.
मानव
विकासको क्रमः
सूत्रः राम आईमाई हो नि हो ।
राम – रामापिथेकस
आईमाई – अस्ट्रेलोपिथेकस
हो – होमो इरेक्टस
नि – नियन्दरथल म्यान
हो – होमो सेपियन्स
......................................................................................................................................................
३.
बढि
साक्षरता बएका जिल्लाहरूः
सूत्रः कालका भाई
Ø का – काठमाडौँ
Ø ल – ललितपुर
Ø का - कास्की
Ø भा – भक्तपुर
Ø ई – इलाम
___________________________________________________________________________
४.
नेपाली
भाषालाई आधिकारिकता दिएका सार्क रास्ट्रहरुः
सूत्रः श्री भावने
Ø श्री – श्रीलङ्का
Ø भा – भारत
Ø ब – बंगकादेश
Ø ने – नेपाल
......................................................................................................................................................
५.
नेपाल
संग अन्तिमः
दौत्य सम्बन्ध – घाना
बिप्पा सम्झौता गर्ने – भारत
सार्क राष्ट्रसंग दौत्य सम्बन्ध – भुटान
दोहोरो कर मुक्ति सम्झौता – बङ्गलादेश
आसियानको राष्ट्र सङ्ग दौत्य सम्बन्ध – ब्रुनाई
......................................................................................................................................................
६.
आसियानको
पर्यवेक्षक राष्ट्रहरूः
सूत्रः पप्पु
पपुवा न्युगिनी
पूर्वी टिमोर
......................................................................................................................................................
७.
UNO
को आर्थिक तथा सामाजिक परिषदमा सदस्यः
सूत्रः 14, 13, 11, 10, 6 (जम्मा 54)
अफ्रिका – 14
पश्चिम युरोप +
अन्य - 13
एसिया – 11
ल्याटिन अमेरिका – 10
पूर्वी युरोप – 6
......................................................................................................................................................
८.
UNO
सुरक्षा परिषदमा अस्थायी सदस्यः
सूत्रः ५, २, २, १ (जम्मा १०)
एफ्रो एसियाली – ५
पश्चिम युरोप +
अन्य – २
ल्याटिन अमेरिका – २
पूर्वी युरोप – १
......................................................................................................................................................
९.
युरोपियन
युनियनका inner
six (संस्थापक राष्ट्रहरु)
सूत्रः I Love_you Boy Friend Good Night
I
= ईटाली
Love_you
= लम्जम्बर्ग
Boy
= बेल्जियम
Friend
= फ्रान्स
Good
= जर्मनी
Night
= नेदरल्याण्ड
......................................................................................................................................................
१०.
UNO
भिटो प्रयोगः
सूत्रः बेरूची
पहिलो प्रयोग गर्ने – बेलायत
सबैभन्दा बढी प्रयोग गर्ने – रुस
सबैभन्दा कम प्रयोग गर्ने - चिन