
कहिले काँहि विगतका पलहरू सम्झिन मन लाग्दोरैछ। विगतमा गरेका दु:ख, पाएका कष्ट वर्तमानमा सम्झिंदा रमाइलो अनुभव हुँदोरैछ। यहीं ०७२ सालको साउन महिनाको कुनै दिन मेरो साथी #Lakshman_Pahai_Sindhuli@_https://www.facebook.com/lakshmanpahadi.sindhuli@ सँग खोंचको बाटो हुँदै सिन्धुली-डाँडिगुराँसे-महादेवस्थान- कपिलाकोटसम्म घुम्न जाने साइत जुरेको थियो। दिउँसो ठीक १२ बजे सिन्धुली बसपार्कबाट कपिलाकोट मरिणछापको लागी टिकट लियौं। मरिण जाने रोड साह्रै कच्चा रहेछ। कतिपय ठाउँमा त ढुङ्गामाथि चढ्दै फाल हान्दै दगुर्दारैछन् गाडीहरू! त्यसैले होला टाउको नयाँ भएपनि बसहरूको ढाँड र पींधतिर दुलैदुलो! डाँडीगुराँसे पुग्दा रून थालेको थियो आकाश। बससंगै उफ्रिनु पर्दा आफूलाइ नि रोइदिउँझै लाग्यो।
यस्तै थियो हाम्रो यात्राको दशा। पानी असाध्यै पर्न थाल्यो। यात्रुहरू भटाभट बसभित्र छाता ओढ्न थाले। आइया र उइयाको पनि आवाज आउन थाले। कसैले भन्दै थिइन् "झण्डै मिमिकाङ् च्व्याक् याछ?" मुसा रुझाइको पारामा उकालोमा दाम्लाले बाँधेर गाडी पनि डोय्राइयो। अन्तमा मरिणछाप पुगियो ६ बजे साँझ…पानीले रूझेर निस्किंयौ बसबाट। हाम्रा लागि नयाँ ठाम्, बास बस्न पो कता जाम्? छाता ओढ्नुको अर्थै थिएन, तै पनि ओढेजस्तो गरेर बस्ने ठाउँको खोजिमा हिंड्यौ दुबै। हस्पिटल चोक नजिक तामाङ होटलमा बसियो। फोनमा सम्पर्कविहिन थियौ, स्मार्ट र नमस्ते नलाग्ने! आकाश रून छोडेको छैन। ब्यागमा भएको कपडा पनि सबै भिजेको छ। अब राति कसरी सुत्ने? चिसोले राति निकै मोटाइने पो हो कि? एक किसिमले डर पनि लाग्यो। रातारात नयाँ सिम लियौ Ncellको, फोन गर्यौ सम्पूर्णलाई! घुम्न गाको मौसमले साथ नदिएसि बाटैबाटो घुम्दैघुम्दै ८ बजे बिहान पैदल फर्क्यौ सिन्धुली। बाटो पहिरोले पुरिएको थियो। पानी सिमसिम पर्दै थियो। एउटा गीत सम्झें- ''सिमसिमे पानीमा ज्यानलाई दु:ख दिइगयौ जिन्दगानीमा।'' मेरो गीतले साथीलाई घत परेछ, हाँस्नुभयो। भोक लाग्यो असाध्य, मरिण खोलाको पुलमा बसेर मरिण आउनुको कारण, पाएको सास्ति सम्झेर हाँस्यौ बेस्सरी। घुम्नुको मजा त्यसमा पो थियो। मरिणको ओरालो बगेको पानीले खै के के सोंच्न बाध्य पार्थ्यो। उँधोउँभो सबैतिर हेर्दै सम्झिरहने कहानी बनायौं मरिण यात्राको। भोकले दुबैको अनुहार मिल्दोजुल्दो हरियो भएको थियो। ...
....
साथी खोसाल्न थाले घ्यू केरा, म फुटाउन थालें बोनस चाउचाउ। बेगले बगिरहेको मरिण खोलालाइ एक टकले हेर्दै के के सोंच्दै, जिस्किंदै, फूर्ति गर्दै पिइरह्यौ फ्रूटी, चपाइरह्यौं चाउचाउ अनि मुखभरी कोच्याइरह्यौ घ्यू केरा…! आज सम्झन्छु हाँस उठेर आउँछ, मजा लागेर आउँछ। विगतको घटनालाई सम्झिनुको स्वादनै बेग्लै!! २ बजे आइपुगेका थियौं दुइ भाइ भात न सात लठक-लठक हल्लिंदै……हल्लिदैँ⊙⊙ सिन्धुली, अनि त्यस पछि.........???
www.fb.com/snjayalungeli र https://www.facebook.com/lakshmanpahadi.sindhuli को कथा
No comments:
Post a Comment