सिन्धुलीमा चो र पनि कस्ता–कस्ता !
सु रुङ खनेर छिरेको चो रले चुरोट पनि छाडेन
प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७७

सिन्धुली ३ साउन– कमलामाई नगरपालिका–४ ढुंग्रेबास बजारमा बिहिबार राती एक पसलमा चो री भएको छ ।
सञ्चारकर्मी यम चौलागाईले सञ्चालन गर्दै आउनु भएको किराना तथा तरकारी पसल रातीको समयमा चो री भएको हो । चो रले सुरुङ खनेर आफ्नो पसल भित्र पसेर जुस, चिसो, काँक्रो, पाउरोटी, चुरोट लगायतको सामग्री खानुका साथै चोरी गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चोरले पसल भित्र जाने ढोकामा गरिएको कंक्रिट ढलान भुई समेत फुटाएर सुरुङ खनेर पसल भित्र पसेको छ । सञ्चारकर्मी चौलागाई रेडियो सिद्धबाबा र सगरमाथा टेलिभिजनमा आबद्ध हुनुहुन्छ ।
बजारको मुख्य चोकमा रहेको आफ्नो पसलमा झण्डै आधा घण्टा लगाएर चो रले सुरुङ खनेको र त्यो अबधिमा नजिकै रहेको प्रहरी चौकीका सु रक्षाकर्मी देखा नपर्नु आफैमा ला जमर्दो रहेको उहाँको गुनासो छ ।
यसैबीच कमलामाई नगरपालिका ४ को वडा कार्यालयमा भएको छलफल कार्यक्रममा उक्त चौकीका ईन्चार्ज सई बिदुर अधिकारीले एक महिनाभित्र ढुंग्रेबास क्षेत्रमा चो रीका घ ट्ना निमिट्यान्न पार्ने बताउनु भएको छ ।
वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले साउन महिनाभरी ढुंग्रेबास बजार क्षेत्रमा चोरलाई समाउन प्रहरीलाई समय दिईएको बताउनुभयो । त्यसपछि पनि समस्या उस्तै रहेमा माथिल्लो निकायमा पुगेर समस्या समाधानको लागि पहल गरिने उहाँको भनाई छ ।
स्रोत: सिन्धुली सौगात
No comments:
Post a Comment