Thursday, 12 August 2021
Wednesday, 21 July 2021
कम्प्यूटर किन्दा ध्यान दिनुपर्ने कुराहरू
कस्तो ल्यापटप तथा कम्प्युटर किन्ने त?
साथीहरु हामी मध्ये कसैलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरको ज्ञान हुन्छ सक्छ त कुनै साथीहरुलाई यसबारेमा राम्रो ज्ञान भएको हुदैन,त्यसैले उहाँहरुलाई कम्प्यूटर रोज्ने वा किन्ने निर्णय गर्न गाह्रो हुन्छ । कस्तो
कम्प्यूटर किन्ने यो ठिक होला कि त्यो ठिक होला अन्यौल भएको हुन्छ त्यसैले साथीहरु कम्प्यूटर किन्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी हुन्छ, जसले तपाईको लगानीको सही सदुपयोग हुन जान्छ ।

# ल्यापटप तथा कम्प्युटर किन्दा विशेष ध्यान दिनुपर्ने कुरा
विशेषगरि पहिला त तपाइ तलका यी कुराहरुमा Conform हुनुस्, तपाई कुन प्रयोजनको लागि कम्प्यूटर किन्दै हुनुन्छ जस्तै:- घरायसी वा कार्यालय कामका लागि हो कि? तपाइले कम्प्युटरमा गर्ने कामको प्रकति कस्तो खालको छ ? सामान्य डकुमेन्ट फायलहरु वा ग्राफिक्स, मल्टिमिडिया फायलहरु बनाउने, डाटा प्रसोधन गर्ने वा प्रोग्रामिङ्ग गर्ने । तपाईको ठाउँको लोडसेडिङ्ग (Power Backup) को अवस्था कस्तो छ । तपाईको बजेटको अवस्था के छ ? कस्तो कम्प्यूटर किन्ने : डेक्सटप वा ल्यापटप ? ब्रान्डेड वा एसेम्बल ?
अब रोज्ने र किन्ने निर्णयको लागि तलको कुराहरुमा ध्यान दिनुहोस्
कम्प्युटर किन्दा सक्दो उच्च गति र क्षमता भएको कम्प्यूटर वा ल्यापटप किन्नु पर्दछ । विशेष गरी तिन कुराहरु जस्तै:-
(i) मेमोरी (RAM), (ii) प्रोसेसर (CPU), (iii)हार्डडिस्क(Harddisk)
RAM

बजारमा 2GB, 4GB, 8GB, 16 GB लगाएत अन्य क्षमता भएको डेक्सटप वा
ल्यापटप कम्प्यूटरहरु पाइन्छ र यो चाहेको समयमा थप्न पनि सकिन्छ तर थप्ने स्लट (राख्ने ठाउँ) भएनभएको किन्दा ध्यान दिनुपर्ने हुन्छ । आफ्नो कामको प्रकृती अनुसार यसको छनौट गर्नुपर्दछ । कम्तिमा पनि अहिलेको समय र तपाइको कामको प्रकृति अनुसार 8GB मेमोरी भएको छान्दा उपयुक्त हुन्छ ।
प्रोसेसर (CPU)

प्रोसेसरको कुरा गर्नु पर्दा पहिला पेन्टीएम, ड्युएलकोर भनेजस्तै अहिले कोर (Core) i3, i5, i7, i9 भएको प्रोसेसरहरु भएको कम्प्यूटरहरु बजारमा पाइन्छ । कम्तिमा पनि अहिलेको समय अनुसार Core i5 भएको कम्प्यूटर किन्नु राम्रो हुन्छ तर कामको प्रकृति अनुसार छनौट गर्न सक्नुहुन्छ ।
हार्डडिस्क (Hard disk)

यो कम्प्यूटरको मुख्य भण्डारण (Storage) गर्ने डिभाइस हो । धेरै क्षमता भएको हार्डडिस्कमा धेरै प्रोग्राम तथा
File हरु स्टोर गर्न सकिन्छ त्यसैले धेरै क्षमता भएको हार्डडिस्क छान्नु राम्रो हुन्छ र अहिले बजारमा 500GB, 1TB वा सो भन्दा माथिको हार्डडिस्कहरु उपलब्ध हुन्छन् । र अर्को मुख्य कुरा भनेको हामीले कम्प्युटरको हार्ड डिस्क Select गर्दा सके सम्म HDD भन्दा SSD भएको हेर्नुपर्छ किन भने तुलनात्मक रुपमा कम्प्युटर प्रोग्रामहरु HDD भन्दा SSD मा 50% चाडो खुल्छ कम्प्युटर फास्ट चल्छ र काम गर्न सजिलो हुन्छ ।
# स्क्रिन साईज आफूलाई उपयुक्त हुने रोज्ने । ठूलो स्क्रिन हेर्न र काम गर्न सजिलो हुन्छ तर Laptop लिदै हुनुहुन्छ भने बोकेर हिड्न गाहो हुन्छ त्यसैले आफूलाई उपयुक्त हुने रोज्नुपर्छ
किवोर्ड सहज र लचक कि भएको रोज्ने । कि थिच्न गाहो खालको किबोर्डबाट काम गर्न बढी समय लाग्ने र गाह्रो हुन्छ ।
# ग्राफिक्स र मल्टिमेडिया सम्बन्धि काम गर्ने हो भने बढी ग्राफिक्स क्षमता भएको कम्प्यूटर किन्ने । डेक्सटपमा पछि बढाउन मिल्छ, तर ल्यापटपमा मिल्दैन त्यसैले किन्ने समयमा नै ध्यान दिनुपर्दछ ।
ग्राफिक्स क्षमता बढी भएको कम्प्यूटरमा भिडियो, फोटोहरु हेर्दा राम्रो र
सफा देखिन्छ । भिडियो फिल्महरु धेरै हेर्नेले Full HD स्क्रिन भएको किन्नु राम्रो हुन्छ ।
# कार्यालयमा Power Backup राम्रो भएमा डेक्सटप कम्प्यूटर किन्न नै उपयुक्त हुन्छ । लोडसेडिगं भइरहने वा फिल्ड गइरहनुपर्ने कार्यालय वा ठाउँको लागि ल्यापटप कम्प्यूटर उपयुक्त हुन्छ । डेक्सटप भन्दा
ल्यापटपको मूल्य बढी पर्दछ । ल्यापटप धेरै समय टिक्ने Power Backup भएको किन्नु राम्रो हुन्छ ।
# डिभिडी (DVD) डाइभ अहिले विभिन्न मोडलका ल्यापटपहरुमा प्राय आउदैन त्यसैले यसको आवश्यता हेरेर किन्दा राम्रो हुन्छ ।
# यूएसबी (USB) पोर्ट कम्तिमा एक देखि तीनवटा भएको ल्यापटप किन्नु राम्रो हुन्छ ।
# र अर्को कुरा भनेको कम्प्यूटर किन्दा प्राय सकेसम्म आफ्नै स्थानीय बजारमा किन्न राम्रो हुन्छ किन भने कम्प्यूटर ब्रान्डेड भएपनि हार्डवेयर तथा सफ्टवेयरमा कहिलेकाही समस्या आउनसक्दछ त्यस्तो
अवस्थामा तत्कालै समाधान गर्न सजिलो हुन्छ । कम्प्यूटर किन्दा वारेन्टी, ग्यारेन्टीको के कस्तो छ सबै कुरा राम्रो संग बुझेर किन्नु पर्दछ ।
आजभोलि महिलाहरुमा देखिएको एउटा डरलाग्दो रोग !
जसको उपचार अत्यन्त कठिन (पढ्नुस्) आजभोलिका महिलाहरुमा एउटा रोग अत्यन्त गम्भीर खतरा बनेर देखा परेको छ। उक्त रोगको औषधि यही हो भन्ने फेला पार...
-
सार्क साहित्य पुरस्कार सम्पादन गर्नुहोस् सार्क साहित्य पुरस्कार 2013 प्राप्तकर्ताहरू सार्क लिटररी अवार्ड सन् २००१ [६८] [६९] यता सार्क ले...
-
जसको उपचार अत्यन्त कठिन (पढ्नुस्) आजभोलिका महिलाहरुमा एउटा रोग अत्यन्त गम्भीर खतरा बनेर देखा परेको छ। उक्त रोगको औषधि यही हो भन्ने फेला पार...